मन्सुर खान बिरगंज चैत १३ गते । एसएसपी सोमेन्द्र सिंह राठौरद्वारा प्रहरी जवान मालिका शाहीलाई उत्कृष्ट प्रहरी घोषित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान मालिका कुमारी शाहीले आफ्नो जिम्मेवारीलाई ईमान्दार कर्तव्यनिष्ठ एवं प्रशंसनीय तवरबाट निर्वाह गरेको, विमानस्थलमा आउने यात्रु तथा सेवाग्राहीहरुलाई समेत उत्कृष्ट तवरबाट सेवा प्रदान गरी आम सर्वसाधारणहरुमा प्रहरीको छवि उच्च राख्ने कार्य गरेको । प्रहरी जवान शाहीले आफूलाई खटाइएको ड्यूटी सकेपश्चात् ब्यारेकतर्फ जाने क्रममा अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियमा एक महिलाले बाह्य मुलुकबाट आगमन भएका यात्रुलाई भन्सार छली गर्न लगाई सुनको सिक्री मोबाईल तथा ल्यापटपहरु अबैध रुपमा संकलन गर्दै गरेको अवस्थामा सामान सहित मानिस नियन्त्रणमा लिई भन्सार चोरी पैठारी नियन्त्रणमा महत्वपूर्ण भुमिका खेली आफूलाई तोकिएको जिम्मेवारी विभागिय मूल्य मान्यता आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनसिल भई कर्तव्यपथमा तल्लिन रही आफूलाई तोकिएको जिम्मेवारी उच्च मनोवलका साथ सम्पादन गरेको हुँदा निजको योगदानको कदर स्वरुप २०८१ साल फाल्गुन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)घोषणा गरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।