गाँउ सभाबाट म्याद थपने सहमति पछि कालिकामाई गाउँपालिकाको तालाबन्दी खोलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ ८ गते । गाँउ सभाबाट म्याद थपने सहमति पछि कालिकामाई गाउँपालिकाको तालाबन्दी खोलियो वीरगन्ज ७ भदौ पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीहरू म्याद थपने सहमति पछि पालिका कार्यालयमा भएको खोलिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरू बिच भएको आन्तरिक सहमति पछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते पालिकाको गाउँसभा गर्ने र गाँउसभाबाटै निर्णय गरेर कर्मचारीहरुको म्याद थप्ने सहमति पश्चात तालाबन्दी खोलिएको वडा नम्बर ३ का अध्यक्ष संजय पटेलले बताउनु भयो । पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिन देखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए । ९ वर्ष अगाडि तत्कालीन स्वास्थ्य निर्देशनालयले न्युक्त गरेको ६ जना र पालिकाले आफ्नो आवश्यकता अनुसार न्युक्त गरेको २ जना कर्मचारीलाई हटाएर पालिका अध्यक्षले सो ठाउमा आफ्नो कार्यकता भर्ना गर्न खोजेपछि आन्दोलन सुरू भएको थियो । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिईएको थियो । उनिहरू संघिय सरकारको अनुदान रकमबाट तलब पाउदै आएका छन । तर पालिका अध्यक्षले पालिकालाई भार परेको भन्दै उनिहरूको म्याद थपेका थिएनन् आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्ड निर्णय गरि उनिहरूले निरन्तरता पाएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको कार्यकक्षमा भएको वार्तामा पालिका अध्यक्ष बशिष्ठ कुमार उपाध्यक्ष राजमती देबी वडा १ का अध्यक्ष लालबाबु चौरसिया २ का अध्यक्ष सोनालाल चौरसिया ३ का संजय पटेल ४ का संजय साह र ५ का अध्यक्ष जयनरायण पटेल सहभागी रहेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)