इलाका प्रहरी कार्यालय पोखरियाको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ ८ गते । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आज इलाका प्रहरी कार्यालय पोखरियाको अनुगमन तथा निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले कार्यालयका सम्पूर्ण शाखाहरू, हिरासत कक्षलगायतका क्षेत्रहरूको अवलोकन गर्नुभएको थियो। भ्रमणपछि आयोजित बैठकमा मातहतका कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ।निर्देशनका क्रममा प्रहरी उपरीक्षक ढुंगेलले प्रहरी संगठनको जिम्मेवारीलाई निष्पक्ष र न्यायिक तवरले निर्वाह गर्न, अनुशासन पालना गर्न तथा जनमैत्री सेवाका माध्यमबाट सबैलाई स्वीकृत हुने व्यवहार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पेशागत जिम्मेवारी वहन गर्दा आउने चुनौतीलाई धैर्यताका साथ समाधान गर्दै संगठनप्रतिको कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभएको छ । कार्यक्रममा उहाँले जिल्लाका प्रहरी कर्मचारीहरूको साथ र सहयोगका लागि आफ्नो अभिभावकीय भूमिका निभाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)