इन्स्पेक्टर विपन कार्कीलाई ‘फेरि भेटौँला’ कार्यक्रममार्फत बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज २० गते । इन्स्पेक्टर विपन कार्कीलाई ‘फेरि भेटौँला’ कार्यक्रममार्फत बिदाइ काठमाडौँ — नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली, पर्सामा काजमा खटिनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विपन कार्कीलाई ‘फेरि भेटौँला’ कार्यक्रममार्फत बिदाइ गरिएको छ।नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, रिजर्भ काठमाडौँ दरबन्दीमा रही नगर प्रहरीमा कार्यरत प्रहरी निरीक्षक कार्कीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्सामा काजमा खटाइएपछि उहाँको बिदाइ गरिएको हो।बिदाइ कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेसनल कमाण्डर प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशल कुमार बुढाथोकी, कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की, प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर थापा, प्रहरी निरीक्षकहरू लगायत नगर प्रहरी परिवारको उपस्थिति रहेको थियो।कार्यक्रममा अपरेसनल कमाण्डर डीएसपी बुढाथोकीले बिदाइ भई नयाँ कार्यस्थलतर्फ जान लाग्नुभएका प्रहरी निरीक्षक कार्कीको जिम्मेवारीबोध, कर्तव्यनिष्ठा, अनुशासन तथा व्यावसायिक दक्षताको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा समेत संगठनको गरिमा उच्च राख्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले नयाँ कार्यस्थलमा जनताको सेवा, शान्ति–सुरक्षा कायम तथा प्रहरी संगठनप्रतिको विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने शुभकामना समेत दिनुभयो।सो अवसरमा नगर प्रहरी परिवारका तर्फबाट प्रहरी निरीक्षक कार्कीलाई फूलगुच्छा तथा मायाको चिनो प्रदान गर्दै सुखद् र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागीहरूले उहाँको आगामी जिम्मेवारी सफल रहोस् भन्दै ‘फेरि भेटौँला’भन्दै आत्मीयतापूर्वक बिदाइ गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)