नेशनल मेडिकल कलेजका पीजी विद्यार्थीको आन्दोलनबारे सांसद रहबर अन्सारीद्वारा सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज १७ गते । नेशनल मेडिकल कलेजका पीजी विद्यार्थीको आन्दोलनबारे सांसद रहबर अन्सारीद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वीरगञ्ज निवासी सांसद अन्सारीले आन्दोलनरत विद्यार्थीहरूलाई होस्टेल खाली गर्न लगाइएको तथा आन्दोलन गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे। विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताका विषयमा आवाज उठाएपछि उनीहरूमाथि यस्तो व्यवहार गरिएको उनको भनाइ थियो।सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् वास्तविक रूपमा काममा नरहेका प्राध्यापकहरू देखाएर पीजी सिट लिइएको आरोप लगाए। त्यस्तै, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षागार्डहरूलाई समेत बिरामीको भूमिकामा राखेर इमर्जेन्सी कक्षमा देखाएको दाबी उनले गरे।अन्सारीका अनुसार निरीक्षणका बेला सुरक्षागार्डलाई बिरामी बनाएर राख्ने तथा पानी चढाउनेलगायतका गतिविधि गर्न दबाब दिइएको थियो। उनले यस्ता आरोपहरू गम्भीर भएकाले सम्बन्धित निकायले विषयको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए।उनले चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा ‘नक्कली बिरामी’, ‘नक्कली शिक्षक’ तथा ‘नक्कली निरीक्षण’ जस्ता आरोप उठ्नुले विद्यार्थीको शैक्षिक भविष्यमा समेत असर पर्न सक्ने बताए। राज्यले मेडिकल शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्य सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो।सांसद अन्सारीले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै सम्बन्धित मेडिकल कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका विभिन्न निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाए। उनले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय तथा स्थानीय प्रशासन र प्रहरी प्रशासनसम्म प्रभावमा परेको दाबी गरेका छन्।अन्सारीले आफूले उठाएको विषय कुनै एउटा संस्था वा व्यक्तिविरुद्धको आरोप मात्र नभई समग्र चिकित्सा शिक्षामा देखिएको भनिएको बेथिति अन्त्य गर्नुपर्ने विषय भएको स्पष्ट पारे।उनका अनुसार विद्यार्थीहरूले करिब १० दिनदेखि विभिन्न माग राखेर आन्दोलन गरिरहे पनि कलेज प्रशासनले होस्टेल खाली गर्न लगाएको र कलेज प्रवेशमा समेत रोक लगाएको छ। आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा विद्यार्थी काठमाडौंमा पुगेर समस्या समाधानका लागि आवाज उठाइरहेको भन्दै उनले सरकारको तत्काल ध्यानाकर्षण गराए।अन्सारीले आन्दोलनरत विद्यार्थीहरूका माग सम्बोधन गर्दै उनीहरूको शैक्षिक भविष्य प्रभावित नहुने गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।मेडिकल कलेजमाथि लगाइएका आरोपहरू भने स्वतन्त्र तथा प्रमाणमा आधारित छानबिनबाट पुष्टि हुन बाँकी छन्। यस विषयमा सम्बन्धित कलेज प्रशासन तथा नियमनकारी निकायको आधिकारिक धारणा र छानबिनको निष्कर्ष महत्वपूर्ण हुने देखिन्छ।सांसद अन्सारीले ‘मुन्ना भाइ एमबीबीएस’ चलचित्रमा रमाइलो लाग्ने विषय वास्तविक मेडिकल शिक्षामा देखिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणीसमेत गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)