मन्सुर खान बिरगंज चैत २ गते । जेनजी आन्दोलनमा ‘उत्कृष्ट कमान्ड’ गर्ने ३ जना डीएसपीलाई पुरस्कृत हार्दिक बधाई. जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा काठमाडौं उपत्यकामा खटिएका तीनजना डीएसपी नवराज ढुंगाना मधुकुमार थापा र सुनिलजंग शाहलाई पुरस्कृत गर्न सिफारिस । भिड नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेको र आफ्ना कार्यालयमा उच्छृङ्खल समूहले आक्रमण गर्दा जवाफी कारवाही गर्दै ‘उत्कृष्ट कमान्ड’ गरेको विष्लेषण गर्दै आयोगले डीएसपीहरूलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको हो ।