जेनजी आन्दोलनमाथि दमन भए कानुनी लडाइँ लड्न तयार अधिवक्ता मेराज मियाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज १० गते । बिरगंज अधिवक्ता मेराज मियाँले पर्सा जिल्लासहित नेपालभर भइरहेका आन्दोलनमा कुनै पनि सरकार वा प्रहरी प्रशासनले आन्दोलनलाई दमन गर्ने वा कानून विपरीत गतिविधि गर्ने खण्डमा आफू निःशुल्क कानुनी सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्।पर्सा जिल्ला अदालत, बिरगंजबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उनले अन्यायपूर्ण तथा गैरकानुनी कार्यलाई सहन नगर्ने स्पष्ट गर्दै पीडित पक्षको पक्षमा अदालतमा निःशुल्क रूपमा मुद्दा लड्न प्रतिवद्ध रहेको जनाएका छन्।उनले आन्दोलनकारी वा सर्वसाधारणलाई अन्याय हुने खालका कुनै पनि कदम अस्वीकार्य हुने बताउँदै कानूनको शासन र नागरिकको हक–अधिकारको पक्षमा सदैव उभिने प्रतिज्ञा गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)