जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २४ गते । जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा सोमवार जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर ललितपुर मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले ललितपुर जिल्लामा VVIP तथा VIP हरुको बसोबास रहेको साथै हरेक सरकारी तथा ग्रैह्र सरकारी निकायहरुबाट समेत विशेष निगरानी हुने हुदा थप संवेदनशिल भई आफ्नो जिम्मेवारी उत्कृष्ठ ढंगले सम्पादन गर्नु पर्ने बताउनु भयो । साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै हरेक प्रहरी कर्मचारीले आफ्नो व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसग विनम्रताका साथ प्रस्तुत हुन निर्देशन दिनु भयो । त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन समेत निर्देशन दिनुभयो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल प्रहरी उपरीक्षकहरू प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)