मन्सुर खान बिरगंज फागुन १० गते । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि अधिकारीसमेतलाई कडा निर्देशन जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसपी कुमोध ढुंगेलले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रमुखको जिम्मेवारी पाएका ढुंगेलले बुधबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी ढुंगेलले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।