जनसूचना न्यूजका सम्पादक आलम कदर-पत्रबाट सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन ४ गते । जनसूचना न्यूजका सम्पादक आलम कदर-पत्रबाट सम्मानित वीरगञ्ज, जनसूचना मिडिया प्रा.लि. पर्साद्वारा सञ्चालित जनसूचना न्यूज डटकमका सम्पादक तथा नेपाल मुस्लिम पत्रकार संघ, पर्साका सह-सचिव रसीद आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले कदर-पत्रबाट सम्मानित गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आलमलाई कदर-पत्र प्रदान गर्दै सम्मान गरेका हुन्। उक्त कदर-पत्रमा जिल्ला भित्र सशस्त्र प्रहरीले सञ्चालन गरेका विविध गतिविधिहरू र उपलब्धिहरूलाई आम पाठकसमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्न आलमले पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ। एसपी धिमालद्वारा हस्ताक्षरित कदर-पत्रमा भनिएको छ सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले कानून प्रदत्त कार्यदिशा अनुसार जिल्लामा सञ्चालन गरेका विभिन्न क्रियाकलाप र हाँसिल गरेका उपलब्धिहरूलाई आम पाठकसमक्ष सम्प्रेषण गर्न यहाँले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै स-धन्यवाद यो कदर-पत्र प्रदान गरिएको हो । आगामी दिनहरूमा समेत यसैगरी निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्दै यहाँको उत्तरोत्तर प्रगति एवं उज्वल भविष्यको कामना गर्दछु । एसपी धिमालको सरुवा भई सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौं जान लागिएको छ भने उनका स्थानमा एसपी पुरन चन्द भट्ट पर्सामा आएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)