कार्य सम्पादन सम्झौता मूल्याकंनमा पर्साका‌ एसपी‌ गौतम मिश्र सर्वोत्कृष्ट हुन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन १३ गते । कार्य सम्पादन सम्झौता मूल्याकंनमा पर्साका‌ एसपी‌ गौतम मिश्र सर्वोत्कृष्ट हुन सफल  पर्सा जिल्लामा आफू हाजिर भएपश्चात नै भन्सार, चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मानव बेचबिखन तथा ओसारपसार जस्ता बिषयमा अभियान नै सञ्चालन गरेर कार्य क्षेत्रमा होमिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सर्वोत्कृष्ट हुन सफल भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्य सम्पादन सम्झौता कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले सो जानकारी गराएका हुन् । ४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्य सम्पादनहरूको बिषयलाई आधार बनाएर गरिएको मूल्याकंनमा पर्सा प्रहरी ९०.१९ ५ अंकका साथ प्रथम हुन सफल भएको छ । पर्सामा एसपी मिश्रले आफ्नो नेतृत्वमा करिब ६० करोड बराबरको चोरी तस्करी, भन्सार छली पैठारी गरी भित्राएका मालवस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाएका थिए । यस्तै विभिन्न मितिमा विभिन्न अदालतबाट भएका फैसलाहरूको फरार प्रतिवादीहरू १ हजार ५११ जनालाई पक्राउ गरी फैसला कार्यन्वयनतर्फ ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना समेत असुल उपर गरेका थिए । पर्सा प्रहरलिे लागूऔषध बिक्री वितरण तथा कारोबारीतर्फ एकैपटक ठुलो परिमाण ३१९ केजी चरेससहित ट्रक, अभियुक्त पक्राउ गर्न सफल भएको थियो । एसपी मिश्रको कार्यकालमा ६२४ केजी चरेस, १ हजार ५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिमलगायत विभिन्न लागुऔषध साथै संलग्न १५३ जना कारोवारीहरू पक्राउ परेका थिए । मानव बेचबिखनविरुद्ध कडा रूपमा प्रस्तुत भएको जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियान सञ्चालन गरी १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तहरू पक्राउ गरी कारवाही गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)