काठमाडौंमा जेन-जी आन्दोलनमा गोली लागेर वीरगञ्जका असहाब आलमको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ २८ गते । काठमाडौंमा जेन-जी आन्दोलनमा गोली लागेर वीरगञ्जका असहाब आलमको मृत्यु । राजधानी काठमाडौंमा जारी जेन-जी आन्दोलनका क्रममा गोली लागेर वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका २२ वर्षीय असहाब आलम ठकुराईको मृत्यु भएको छ।परिवारका अनुसार आन्दोलनका क्रममा आलमलाई छाती र पेटमा दुई गोली लागेको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै शिक्षण अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको त्यहाँ मृत्यु भएको पुष्टि गरिएको छ। मृतक आलमको शव आजै वीरगञ्ज ल्याइने तयारी भइरहेको उनका परिवारजनले जनाएका छन्। आकस्मिक निधनपछि परिवार तथा स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।परिवारजनले आन्दोलनकै बीचमा शिक्षण अस्पतालमा आलमको शव भेटिएको र गोली लागेर मृत्यु भएको पुष्टि भएको बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)