काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन ३० गते । काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । काठमाडौं धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ च:मती बस्ने शिवराज दराई पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत बालाजुको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनको साथबाट एक थान पेस्तोल, म्याग्जिन २ थान,७ थान गोली राउण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार शिवराजविरूद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दा चलेको देखिएको छ । यस घटनामा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)