केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काे १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन १ गते । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काे १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न सीआईबी आफ्नो स्थापनाको १५ वर्ष पुरा गरेको छ । बिहीबार नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ब्युरोले आफ्नो स्थापना दिवस मनाएको हो । आईजीपी दिपक थापाले ब्युरोको स्थापना दिवसको उद्घाटन गरेका छन् । सीआईबी विशिष्टीकृत इकाई भएको हुनाले त्यहाँ काम गर्ने प्रहरी कर्मचारी उच्च व्यावसायिक, नैतिकवान् र चरित्रवान् हुनुपर्ने आईजीपी थापाले बताए । ब्युरोले प्रकाशन गरेको सीआईबी म्यागेजिन आईजीपी थापाले विमोचन गरेका छन् । ब्युरो २०६७ साल साउन १ मा स्थापना भएको थियो । ब्युरोका प्रथम निर्देशक पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी हुन् । पूर्व आईजीपी तथा ब्युरोका पूर्व प्रमुख उपेन्द्रकान्त अर्यालले ब्युरोले जेटको स्पिडमा काम सुरु गरेको बताए । उनले भने,व्यावसायिक धर्म नछाड्ने अधिकृत नै अनुसन्धानमा सफल हुन्छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)