कर्फ्यु लागेसँगै सडकमा आयो सेना, गोली हान्नेसम्मको अधिकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज चैत १५ गते । काठमाडौं । तीनकुने क्षेत्रमा कर्फ्यु लागेपछि कोटेश्वर क्षेत्रमा सडकमा नेपाली सेना परिचालन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनेश्वर तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशसन कार्यालय काठमाडौंले जनाएको छ । गौशलादेखि एयरपोट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुल, र कोटेश्वरदेखि बालकुमारी पुलमसम्म पनि कर्फ्यु लगाएको हो । यस्तै बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशलादेखि पुरोनोबानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म चारकिल्ला मानेर त्यसभित्रका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । उक्त सीमाभित्र आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, सभा, बैठक, घेराउन गर्न नपाउने गरी कर्फ्यु जारी भएपछि नेपाली सेना अवस्था नियन्त्रणमा लिन सडकमा परिचालित भएको हो । कर्फ्यु लागेको समयमा सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार रहन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)