कतारले दियो जेलमा रहेका १३ जना नेपालीलाई आममाफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज पुस १८ गते । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।यसका लागि नेपाल सरकारले कतार सरकारलाई आभार व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कतार सरकारको यो कदम मानवीय आधारमा गरिएको उद्धार निर्णय भएको उल्लेख गरिएको छ।मन्त्रालयले कतारी अमिरले दिएको आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दपूर्ण सहकार्य थप प्रगाढ भएको प्रतीकका रूपमा मूल्यांकन गरेको छ।विज्ञप्तिमा भनिएको छ, 'मानवीय आधारमा प्रदान गरिएको यो क्षमादानले नेपाल र कतार राज्यबीचको मित्रता तथा आपसी समझदारी अझ सुदृढ भएको स्पष्ट संकेत गर्दछ।'परराष्ट्र मन्त्रालयका अनुसार कतारमा कार्यरत ठूलो संख्यामा रहेका नेपाली कामदार तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायका लागि यस्तो मानवीय कदमले सकारात्मक सन्देश दिएको छ।साथै, यसले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)