लागुऔषधको हब तोड्दै पर्साका एसपी पाठक, २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज पुस ६ गते । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले कमान्ड सम्हालेसँगै पर्सा जिल्लामा लागुऔषधविरुद्धको अभियानले अभूतपूर्व गति लिएको छ। लामो समयदेखि मौन रूपमा फैलिँदै आएको लागुऔषध कारोबारलाई जरोदेखि उखेल्ने दृढ संकल्पका साथ अघि बढेको पाठकको नेतृत्वले जिल्लामा उल्लेखनीय र सकारात्मक परिवर्तन देखिन थालेको छ।प्रहरी उपरीक्षक पाठकले जिम्मेवारी सम्हालेपछि लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै स्पष्ट रणनीति निर्माण गरेका थिए। सूचनामा आधारित अपरेसन, गोप्य निगरानी, प्राविधिक विश्लेषण तथा समुदायसँगको सहकार्यलाई अभियानको मुख्य आधार बनाउँदै प्रहरीले संगठित रूपमा कारबाही तीव्र पारेको हो। उनको नेतृत्वमा प्रहरी टोली दिन–रात नभनी फिल्डमा खटिँदै लागुऔषध कारोबारमा संलग्न व्यक्ति, बिचौलिया तथा नेटवर्कको पहिचान र निगरानीमा जुटेको छ, जसका कारण पर्सा क्षेत्र लागुऔषध कारोबारीका लागि क्रमशः असुरक्षित बन्दै गएको छ।यसै अभियानअन्तर्गत लागुऔषधको हब तोड्ने क्रममा पर्सा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। विशेष सूचनाको आधारमा मिति २०८२।०९।०५ गते साँझ करिब ७:३० बजे जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी कानूनी प्रक्रिया पूरा गरी जाँच गरेको थियो।जाँचका क्रममा उक्त ट्रकको क्याबिनको माथि फल्स बनाएर लुकाइछिपाई राखिएको लागुऔषध चरेश जस्तो देखिने पदार्थ २४० केजी फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा ट्रकसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई बरामद लागुऔषध जफत गरिएको हो।पक्राउ पर्ने व्यक्तिहरूमा १. जिल्ला मकवानपुर, थाहा नगरपालिका वडा नं.११ बस्ने वर्ष २९ का सरोज मोक्तान (ट्रक चालक) २. जिल्ला मकवानपुर, थाहा नगरपालिका वडा नं. ११ बस्ने वर्ष २१ का नवराज लो रहेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद लागुऔषधको सम्बन्धमा थप अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानबाट यस घटनामा संगठित लागुऔषध नेटवर्कको संलग्नता हुन सक्ने आशंका गरिएको र सो नेटवर्क पहिचान गरी कारबाही दायरा विस्तार गरिने प्रहरीले जनाएको छ।एसपी सुदिप राज पाठकको कुशल नेतृत्वमा पर्सा प्रहरीले लागुऔषध कारोबारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै निरन्तर अपरेसन जारी राखेको छ। प्रहरीले लागुऔषधले समाज, विशेषगरी युवापुस्तामा पार्ने गम्भीर असरलाई मध्यनजर गर्दै यस्ता अवैध गतिविधि नियन्त्रणका लागि नागरिकसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ।यस सफल कारबाहीसँगै पर्सा जिल्लामा लागुऔषधविरुद्धको अभियानले नयाँ ऊर्जा पाएको छ भने प्रहरीको सक्रियताले अवैध कारोबारमा संलग्न समूहहरूमा त्रास सिर्जना भएको स्थानीयवासीहरूको भनाइ छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)