मन्सुर खान बिरगंज चैत २७ गते । लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिनाको सचेतनामूलक अभियानको शुभारम्भ
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा "लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिनाको सचेतनामूलक अभियान" अन्तर्गतको शुभारम्भ कार्यक्रम बिरगंजको होटेल पुजनमा सम्पन्न भएको छ।कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, डिएसपी किशोर लम्साल, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरूले लागू औषधको बढ्दो दुरुपयोग, त्यसको रोकथाम र नियन्त्रणका उपायहरूबारे चर्चा गरे।साथै लागू औषधले व्यक्तिको जीवन, परिवार, समाज र राष्ट्रमा पार्ने नकारात्मक असरहरूबारे पनि जानकारी दिइएको थियो।कार्यक्रमले समुदायमा सचेतना फैलाउने र युवालाई लागू औषधबाट टाढा राख्ने लक्ष्य लिएको छ। आगामी तीन महिनासम्म विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।