लागू औषध गाजा सहित ३ भारतिय नागरिक पक्राउ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ ९ गते । लागू औषध गाजा सहित ३ भारतिय नागरिक पक्राउ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पर्साले सन्युक्त रूपमा चेकजाँचको क्रममा बिरगंज -१६ बाट लागू औषध गाजा १९ केजि ७६ ग्राम सहित तिनजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको बिहार बैशाली बस्ने वर्ष २६ को निरज मिश्रा,वर्ष २० को छोटु झा र वर्ष २८ को मिठु कुमार रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले आइतबार दिउसो २:२८ बजेको समयमा बिरगंजको -१६ मा पर्ने शन्कराचार्य गेट अगाडिबाट बैगमा लुकाईछिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा ९ केजि ५०० ग्राम सहित निरज मिश्रा र छोटु झालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी गराएको छ । त्यस्तै आजै बेलुका ३:५० बजेको समयमा प्रहरी चौकी ईनर्वाका प्रहरी हवलदार रोजिना तामाङ र प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी सहायक निरीक्षक बैधनाथ चौधरीको सन्युक्त कमान्डमा खटिएका टोलिले चेकजाँच गर्ने क्रममा बिरगंज-१६ स्थित भन्सार गेट अगाडीबाट ब्यागमा लुकाएर भारत तर्फ लागिरहेको अवस्थामा लागू औषध गाजा ९ केजि ८६ ग्राम सहित मिठु कुमारलाई नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कार्वाही भैइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)