लालबकैया नदी तथा बाँधको स्थलगत निरीक्षण, नेपाल–भारत संयुक्त समितिको टोलीद्वारा अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन २० गते । लालबकैया नदी तथा बाँधको स्थलगत निरीक्षण, नेपाल–भारत संयुक्त समितिको टोलीद्वारा अनुगमन

रौतहट, साउन २० — नेपाल–भारत डुवान तथा बाढी व्यवस्थापन संयुक्त समिति (JCIFM) को १५ औँ बैठकअन्तर्गत रौतहटको ईशनाथ नगरपालिका–१ स्थित लालबकैया नदी तथा बाँधको स्थलगत निरीक्षण गरिएको छ।बुधबार दिउँसो करिब १:२५ बजे सम्पन्न निरीक्षणमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं.११ गण मुख्यालय रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, नेपाल–भारत डुवान तथा बाढी व्यवस्थापन संयुक्त समितिका सदस्य सन्दीप कुमार राजनसहित सम्बन्धित निकायका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।करिब ८० जनाको सहभागितामा सम्पन्न निरीक्षणका क्रममा लालबकैया नदी तथा बाँधको वर्तमान अवस्था, बाढी तथा डुवानको जोखिम न्यूनीकरणका उपाय र सीमापार समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा स्थलगत अवलोकन गरिएको जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)