लुटेको प्रहरीको पेस्तोल बेच्ने र किन्न संलग्न ५ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक १४ गते । भदौ २४ गते लुटिएका प्रहरीको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ वटा गोलीसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।भदौ २४ गते प्रहरीको कार्यालयबाट लुटपाट गर्नेमा धुनिबेशी गाउँपालिका घर भई काठमाडौं बस्ने २१ वर्षीय कृष्ण गुरूङ छन्।उनलाई पक्राउ गरेपछि पेस्तोल बेचिसकेको खुलेको थियो। उनले काठमाडौंको भगवान पाउँस्थित जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउलासँग मिलेर भदौ २४ गते पेस्तोल लुटेका थिए।उनीहरू दुई जनाले पेस्तोल बेच्नलाई वर्षीय २४ को अकबर खानलाई दिएका थिए।अकबरले भने बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्यलाई बेचेको र क्षेत्रपाटी बस्ने ३८ वर्षीय प्रभात मल्लले अन्तिममा किनेको देखिएको हो। उनीहरू पाँचै जनालाई प्रहरीले पक्राउ गरेको छ।एकले अर्कोलाई बेच्दैबेच्दै लगेपछि अन्तिममा एक जना हतियारसहित पक्राउ परेका हुन् एसपी भट्टराईले भने।पक्राउ पर्नेमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)