मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण अनुगमन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ १३ गते । जनकपुरधाम नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निरीक्षण तथा अनुगमन कार्यक्रम भदौ १२ गते सम्पन्न भएको छ।उक्त अनुगमनमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी. सहितको केन्द्रिय मूल्याङ्कन टोली सहभागी भएको थियो । टोलीले प्रशासनिक भवन, विभिन्न शाखाहरू, जनशक्ति तथा अभिलेख व्यवस्थापन,अपराध अनुसन्धानको अवस्था, हातहतियारको स्थिति, शान्ति–सुरक्षा कायम गर्न अपनाइएका नयाँ अभ्यास तथा सांगठनिक सुधारका प्रयासहरूसहित विभिन्न विषयमा निरीक्षण र मूल्याङ्कन गरेको थियो।यसै क्रममा टोलीमा खटिएका प्रहरी अधिकृतहरूले मेस, ब्यारेक लगायत कार्यालयका भौतिक संरचनाहरूको पनि अनुगमन गरेका थिए।अनुगमन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले प्रदेशको समग्र शान्ति–सुरक्षाको अवस्था,अपराध नियन्त्रण तथा अनुसन्धान, मानवश्रोत र प्रशासनिक व्यवस्थापन,स्रोत साधनको उपयोग, साथै प्रदेश प्रहरीबाट गरिएका रचनात्मक तथा सृजनात्मक कार्यसम्बन्धी विस्तृत प्रस्तुतिकरण गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)