मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाद्वारा बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक १८ गते । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले कार्तिक १७ गते बारास्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ।निरीक्षणका क्रममा डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्ष, कार्यालय भवन तथा विभिन्न शाखाहरूको स्थलगत अवलोकन गर्नुभयो। उहाँले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रहरी कार्यसम्पादन तथा सेवा प्रवाह सम्बन्धी विषयहरूमा जानकारी लिनुभएको थियो।यस अवसरमा बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले कार्यालयका विभिन्न शाखाहरूबाट सम्पादित कार्यहरूको तथ्यांकसहितको PowerPoint Presentation मार्फत विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो।निरीक्षणपछि डीआईजी थपलियाले सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा परिस्थिति, व्यावसायिक आचरण र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिसम्बन्धी महत्वपूर्ण निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी प्रमुख थपलियाले अनुशासन, पारदर्शिता र जनमुखी सेवाका माध्यमबाट प्रहरी र जनताबीचको विश्वास अझ मजबुत बनाउन सबैलाई आह्वान गर्नुभएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)