मधेश प्रदेशको शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार १७ गते । मधेश प्रदेश प्रहरी कार्यालयको आयोजनामा जिल्ला धनुषा जनकपुरधाम स्थित सीताशरण होटलको सभाहलमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलको प्रमुख आतिथ्यतामा मधेश प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितिमा मधेश प्रदेशको शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर धनुषाका प्रमुख र मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका प्रमुख, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, प्रहरी निरीक्षक मनोज कुमार यादव समेतको समु-उपस्थितमा मधेश प्रदेश स्थित रहेका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखबाट समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, प्रहरी परिचालन, सुरक्षित समाज बनाउनको लागि अपनाउनु पर्ने प्रहरीको भूमिका बारेमा प्रस्तुतीकरण गर्नु भएको । नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा (हाल जनकपुरधाम, धनुषा) का कार्यालय प्रमुख प्रहरी बरिष्‍ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गज्यूबाट सम-सामयिक विषयमा निर्देशन एवं जिल्ला प्रहरी प्रमुखहरुको प्रस्तुतीकरणको दौरानमा उठाईएका अपराध अनुसन्धानका सवालहरुको जवाफ एवं निर्देशन दिनुका साथै मन्तव्य व्यक्त गर्नु भएको, प्रहरी नायव महानिरीक्षक पोखरेलले नेपाल प्रहरी प्रधान कार्यालय तथा नेपाल सरकार गृह मन्त्रालय समेतबाट मिटर ब्याजी पीडितहरुलाई न्याय दिने सम्बन्धमा भएका नीति निर्देशनहरुलाई अक्षरस पालना गर्न, मधेश प्रदेशको शान्ति सुरक्षाको अवस्था एवं जनसरोकारको विषयमा दत्तचित्त भई लागि पर्न निर्देशन दिनु हुनुको साथै अन्त्यमा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंह समेतको समु-उपस्थितमा मधेश प्रदेशको शान्ति सुरक्षा अमनचयन, ट्राफिक व्यवस्थापन एवं समसामयीक विषयमा छलफल तथा निर्देशन समेत दिने कार्य सम्पन्न भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)