मेयर राजेशमान सिंहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित  सचेत नागरिक समाज वीरगंजले मसाल जुलुस निकालेको हो ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ १९ गते । नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ।सिंहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित  सचेत नागरिक समाज वीरगंजले मसाल जुलुस निकालेको हो । किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई छानबिन गर्न नागरिक समाज वीरगंजले निरन्तर प्रदर्शन गर्दै आएको छ । वीरगंजको लाठगल्लीबाट निकालिएको जुलुसलाई घण्टाघर माईस्थान लगायतको चोकमा प्रहरीले हस्तक्षेप गरेको थियो । सचेत नागरिक समाज वीरगंजले राष्ट्रयता माथि खेलवाड गरी हुँदै नभएको छोरीलाई नागरिकता दिने मेयरविरुद्ध चरणबद्ध रुपमा नगर परिक्रमा, विरोध प्रदर्शन सिठी जुलुस लगायत प्रदर्शन गर्दै आएको छ । शुक्रबारको जुलुसमा वडा नम्बर १ का वडा अध्यक्ष तथा जसपा नेता मनोज राउत कुर्मी, वडा नम्बर २० का वडा अध्यक्ष तथा ऐमाले नेता रामकिशोर सिंह पराग जनमत पार्टीका नेता मुकेश द्विवेदी सशिकपुर मिया पुर्व कृषिमन्त्री करिमा बेगम नगमा बेगम एमालेका नेता लियाकत अलि नेपाली कांग्रेसबाट अनिल सिंह नेविसंघका सभापति रमेश यादव लगायत स्थानीयवासी सहभागी थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)