महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडी तोडफोड र आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ २७ गते । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको सरकारी गाडीमा आगजनी गरेका छन्। घटनामा विद्युत् प्राधिकरणको पाँचवटा गाडी समेत तोडफोड गरिएको छ।विद्यार्थीहरूले क्याम्पसको गेट अगाडि योजना आयोगको गाडी रोकेर आगजनी गरेका हुन्। घटनास्थल रोडशेषदेखि करिब ५० मिटर पश्चिममा पर्छ। यता, रोडशेषदेखि करिब ५० मिटर उत्तरमा रहेको बिग होटलमा गृहमन्त्री रवि लामिछाने, सबै सुरक्षा निकायका प्रमुखहरू, र अर्थ मन्त्रालयका कर्मचारीहरूको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी चलिरहेको थियो । गोष्ठी सकिएसँगै त्यही होटलमा सुरक्षा सम्बन्धी अर्को गोष्ठी हुने कार्यक्रम थियो। सबै सुरक्षा निकायका अधिकारीहरू होटल वरपर केन्द्रित हुँदा विद्यार्थीहरूको समूहले योजना आयोगको गाडीमा आगजनी गरेको हो।विद्यार्थीहरूले कलेज उत्तरमा रहेको कञ्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङ गरिएका विद्युत् प्राधिकरणका गाडीहरूमा पनि तोडफोड गरेका छन्। घटनामा ६ वटा गाडी क्षतिग्रस्त भएको मोरङ प्रहरीले जनाएको छ।तोडफोड गरिएका गाडीहरूमा बा एबी ८१८०, बागमती प्रदेश ०१-०० ञ २७०१, बा १ ञ २४१९, बा ०० ञ २९९०, र बा १ ञ १८८७ नम्बरका छन् । आगजनीबाट क्षतिग्रस्त को १ झ ६४४ नम्बरको योजना आयोगको गाडीमा लागेको आगो दमकलले नियन्त्रणमा लिएको थियो।मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सरकारी गाडीमा आगजनी र तोडफोड गर्ने समूहको पहिचान गरी खोजी भइरहेको छ। विद्यार्थीहरूले गाडीमा आगजनी र तोडफोड गरेपछि कलेज परिसरभित्र पसेका थिए।महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य दीपक यादव लगायत विद्यार्थीहरूले रंगेली नगरपालिकामा रहेका निजी विद्यालयको शुल्क घटाउन र सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति नियम अनुसार गर्नुपर्ने माग राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका थिए।बिहीबार रंगेली नगरपालिकाका कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि दुव्र्यवहार गरेको आरोपमा यादवसहित ६ जनालाई पक्राउ गरिएको थियो। विद्यार्थीहरूले शुक्रबार कोशी राजमार्ग बन्द गर्दै पक्राउ परेका सम्पूर्ण विद्यार्थीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने माग राखेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)