मिशन निर्भया असम–बिहार–मुम्बई संयुक्त अपरेसनमा १७ वर्षीया किशोरी मानव तस्करीको चंगुलबाट सकुशल उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन २ गते । वीरता, सूझबूझ र समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै,१७ वर्षीया नाबालिग छात्रा ‘निर्भया कुमारी’ (नाम परिवर्तन) लाई मानव तस्करीको गिरोहबाट मुम्बईमा सफलतापूर्वक उद्धार गरिएको छ। असम बिहार मुम्बई नयाँ दिल्ली मानवता विरुद्धको घिनलाग्दो अपराध र योजनाबद्ध षड्यन्त्रको पर्दाफास गर्दै, मिति २०८२ साउन २ गते (१८ जुलाई २०२५) शुक्रबार बिहान करिब ३:०० बजे, ‘मिशन निर्भया’ अन्तर्गत सञ्चालन गरिएको संयुक्त अपरेसनबाट किशोरीको जीवन बचाइएको हो । यो घटनाको सुरुवात २०८२ असार ६ गते (२१ जून २०२५) भएको थियो, जब बिहारको औरंगाबाद जिल्लाबाट एक चिन्तित बाबुले आफ्नी गायब भएकी छोरीको जानकारी उप–कमाण्डेन्ट श्री सतीश गुप्तालाई दिए। उनले मानव तस्करी सम्बन्धी विशिष्ट अनुभव भएका आसूचना शाखाका इन्स्पेक्टर मनोज कुमार शर्मालाई सम्पर्क गरेका थिए। हराएकी छात्रा विज्ञान संकायकी इन्टरमेडिएट (२०२४) की विद्यार्थी थिइन्।छानबिनको क्रममा पीडित छात्राको मोबाइल डाटा विश्लेषण गर्दा एक शंकास्पद नम्बर ९३५६४***भेटियो, जुन नम्बर महाराष्ट्रको भडगाउँ निवासी मोहम्मद काजल मेहबुब मुल्लाको नाममा दर्ता थियो। थप अनुसन्धानबाट नासिकका मोहम्मद आर. अरमान शेख पनि संलग्न देखिए, जसले सामाजिक सञ्जालमार्फत किशोरीहरूलाई मानसिक रूपमा प्रभावमा पार्ने र जालमा फसाउने काम गर्थे।यी तथ्यहरूको आधारमा, इन्स्पेक्टर मनोज कुमार शर्माको अगुवाइमा ‘मिशन निर्भया’ सञ्चालन गरियो, जसमा राष्ट्रिय मानव अधिकार आयोग (नई दिल्ली) का सदस्य श्री प्रियंक कानूनगो, मिशन मुक्ति फाउन्डेशनका निर्देशक श्री विरेन्द्र कुमार सिंह, ठाणे कमिशनरेटकी प्रहरी निरीक्षक श्रीमती वैशाली गोरदे देओघ्रे, रेस्क्यू फाउन्डेशनकी श्रीमती त्रिवेणी आचार्य, मुम्बई क्राइम ब्रान्च र नेवाली नाका प्रहरी चौकी (हिललाइन पुलिस स्टेशन अन्तर्गत) को सक्रिय सहभागिता थियो।निरन्तर साइबर निगरानी र सूक्ष्म विश्लेषणपछि, पीडित किशोरी नवी मुम्बईस्थित एक स्थानमा रहेको पुष्टि भयो। तत्पश्चात्, बिहान करिब ३ बजे गरिएको आकस्मिक अपरेसनमा किशोरीलाई सकुशल उद्धार गरी महिला संरक्षण गृह, मुम्बईमा सुरक्षित राखिएको छ। बिहार प्रहरीले पीडितका अभिभावकसहित तत्काल मुम्बई पुगेर आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ।यो घटनाले देखाएको छ कि सामाजिक सञ्जालमार्फत किशोरीहरूलाई लोभ र भ्रममा पारेर महानगरहरूमा डाकिन्छ र तिनलाई मानव तस्करी तथा अनैतिक धन्दामा संलग्न गराइन्छ।इन्स्पेक्टर मनोज कुमार शर्मा, श्री प्रियंक कानूनगो र श्री विरेन्द्र कुमार सिंहको नेतृत्व तथा समर्पणबाट ठूलो अपराध सञ्जालको पर्दाफास गर्ने दिशामा ठुलो सफलता हात परेको छ । मिशन निर्भया अपरेसनमा सहयोगी प्रमुख व्यक्ति १.श्री प्रियंक कानूनगो सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, नयाँ दिल्ली २. इन्स्पेक्टर श्री मनोज कुमार शर्मा आसूचना शाखा, क्षेत्रीय मुख्यालय, बेजपारा मंगलदोई, असम ३. श्री विरेन्द्र कुमार सिंह – निर्देशक, मिशन मुक्ति फाउन्डेशन, नयाँ दिल्ली ४. निरीक्षक श्रीमती वैशाली गोरदे देओघ्रे – एसएस ब्रान्च, ठाणे कमिशनरेट, मुम्बई ५. श्रीमती त्रिवेणी आचार्य – रेस्क्यू फाउन्डेशन ६. क्राइम ब्रान्च मुम्बई ७. नेवाली नाका प्रहरी चौकी, हिललाइन पुलिस स्टेशन अन्तर्गत यस अपरेसनले एउटा महत्वपूर्ण सन्देश दिएको छ – छोरीहरू सुरक्षित छैनन्, तर यदि प्रहरी र सामाजिक संगठन एकजुट भए भने मानव तस्करीको गिरोहमाथि कठोर प्रहार गर्न सकिन्छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)