मकवानपुरमा ३४ लाख बराबरको भन्सार छलि सामान र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद.

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असोज २५ गते । मकवानपुरमा ३४ लाख बराबरको भन्सार छलि सामान र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद. हेटौडा, २४ असोज । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भन्सार छलि गरी ल्याइएका कपडासहित प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ । प्रहरीका अनुसार, मिति २०८२ असोज २४ गते बिहान करिब ४ः१० बजे, हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा मधेश प्रदेश–०३–००१च ९०२३ नं.को योद्धा गाडी रोकी तलासी गर्दा उक्त सामान बरामद गरिएको हो । गाडी चालक रौतहट बृन्दावन नगरपालिका–९ बस्ने २० वर्षीय प्रदिप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ बस्ने ३१ वर्षीय बिजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तलासीका क्रममा उक्त गाडीको पछाडिको ढालामा लुकाइछिपाइ ल्याइएका रु. १४ लाख बराबरका साडी १३० थान, कुर्था ६९६ थान र टप्स १७५ थान गरी जम्मा १००१ थान कपडा, साथै रु.२० लाख बराबरका प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायतका पदार्थहरू फेला परेका हुन् । बरामद सामानसहित दुबै जना पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीले जानकारी दिए । हेटौडामा अवैध लङगुर बुर्जा खेलाउँदै गरेका पाँच जना नियन्त्रणमा त्यस्तै, मिति २०८२ असोज २३ गते राति करिब ९ः०० बजे, हेटौडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकमा लङगुर बुर्जा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।छापामारी क्रममा लङगुर बुर्जाको गट्टी र खाल १ सेट, साथै रु.३ लाख ९ सय पैसठ्ठी नगद सहित पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छ १. हेटौडा उ.म.न.पा.–८ नमुना चोक बस्ने २७ वर्षीय रामकृष्ण मैनाली

२. मकवानपुरगढी–४ घर भई हाल हेटौडा उ.म.न.पा.–५ बस्ने ४२ वर्षीय दिपक अर्याल

३. हेटौडा उ.म.न.पा.–१७ घर भई हाल उ.म.न.पा.–१५ बस्ने २६ वर्षीय बिजय लामा

४. हेटौडा उ.म.न.पा.–९ घर भई हाल उ.म.न.पा.–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी

५. बागमती गा.पा.–८ घर भई हाल हेटौडा उ.म.न.पा.–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)