मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार गर्नेलाई प्रहरी द्रारा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र ३ गते । रौतहट मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक लाई रौतहट प्रहरीले आज सार्बजनिक गरेको छ । रौतहटको परोहा नगरपालिका–९ मा रहेको शिव मनी ट्रान्सफरको रकम लुटने योजना सहित २६ बर्षिय सञ्चालक नितेश साह माथि गोलि प्रहार गरेको आरोपमा पक्राउ परेका भारत बिहार राज्य पुर्बी चम्पारण मोतिहारि जिल्ला थाना चिरैया दिपही गाउ वडानम्बर २ का १९ बर्षिय मुनिफकुमार यादव,१८ बर्षिय राजकुमार पासवान र २० बर्षिय चन्द्रभान सिंह लाई आज प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका नितेशको बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुहुदै प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले उनीहरुमाथि ज्यान मार्ने उद्योग,हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)