मन्सुर खान बिरगंज बैशाख ११ गते ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख ११ गते । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ को आयोजनामा तथा अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा पर्सा जिल्ला बी.म.न.पा.बडा नं.१६ स्थित प्रहरी चौकी इनर्वा पर्साको प्राङ्गणमा बिवाहको लागि चाहिने आवस्यक किचेनको सामान बितरण कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्ला बी.म.न.पा.बडा नं.१६ वस्ने महमद हसन शेख र भारत पुर्वी चम्पारण थाना रक्सौल गाँउ महदेवा बडा नं.७ वस्ने अविद हुसैन समेतलाई छोरीको बिबाहको लागी नगद रु ५०००(पाँच हजार) गरि चाहिने भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण गरियो।उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि.पुष्कर वोगटीको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानी, प्रहरी चौकी इनर्वाका कार्यालय प्रमुख तेज प्रताप सिंह , सामुदायिक सेवा केन्द्रका बरिष्ठ उपाध्यक्ष अब्दुल हक , कोषाध्यक्ष श्रीमती प्रेम कुमार सिंह , गणेश ठाकुर ,श्रीमती जैबु नेशा, श्रीमती हसिना खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी हबल्दार रुप कुमार यादव , प्रहरी जवान बिर बहादुर यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)