मन्सुर खान बिरगंज जेठ २४ गते । हिजो मध्येराती १ बजेको हावा हुरीको कारणले गर्दा आज बिरगंजको विभिन्न स्थानहरुमा जस्तै पावर हाउस चौक, गण्डक, परवानिपुर जस्ता ठाऊहरुको पोल लडिएर बिजुलिको तारहरू अस्तव्यस्त भइ लथालिङ्ग भएका कारणले बिरगंजभरी नै बिजुली काटिएकोहो र हाल मर्मत कार्य जारी रहेको र आज बेलका सम्म यस समस्याका समाधान भइ बिजुली पुन्न दिने पूर्ण कोसिस गर्ने छौ भनी नेपाल बिधुत प्राधिकरणका हाकिम अवधेश कुमार दुबे ले बताएका छन्।