मन्सुर खान बिरगंज साउन २१ गते ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन २१ गते । बिरगंज महानगरपालिका बिर्ता वडा नं.०४ बाल सुधार गृहको प्रांगणमा घुम्ति स्वास्थ्य शिविरको आयोजना गरीएको छ । आज मिती २०८१/०४/२१ गते सोबार बिहान ०८ः३० बजे स्वास्थ शिविर आरम्भ गरिएको थियो । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, नेशनल मेडिकल कलेज बिरगंज पर्सा, सामुदायिक आँखा अस्पताल बिरगंज पर्सा र रँगुटा वेलफेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त पहलमा घुम्ती स्वास्थ्य सिविर कार्यक्रमको अयोजना गरीएको ग्रीन सिटी सामुदायीक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारीहरुको उपस्थितीमा १२५ जना थुनुवा कैदीहरुलाई उपचार गरी कार्यक्रम सु-सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरिक्षक कुमोध ढुंगोल, प्रहरी निरीक्षक पुष्कर बोगटी, प्रहरी निरीक्षक निता थाप,नेशनल मेडिकल कलेजका डाईरेक्टर डा. इसरत जहान, सुस्मा शर्मा, सामुदायिक आँखा अस्पताल बिरगंजका डा महेश सिंह धामी, नेशनल मेडिकल कलेज बिरगंजका डा.एम.डि असफाक अन्सारी, डा सुधाकर झा नेशनल मेडिकल कलेज, मेटरन बिकास कुमार गुप्ता नेशनल मेडिकल कलेज, प्रबह बिबेक राउत कुर्मी ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र,ईन्चार्ज र प्रज अम्मर सिंह साउद लगायत विशिष्ट अतिथीहरुको स्वास्थ शिविरमा उपस्थिती एवम् सहभागीता रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)