मतदातालाई निर्वाचन आयोगले भन्यो- मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज पुस २५ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ।तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन्।उनले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको समेत बताए।सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईको भनाइ थियो।उनले भने,‘सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन। सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा निर्वाचनको लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भइरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।’प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढने समेत बताए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)