मन्सुर खान बिरगंज बैशाख ३१ गते । मुस्लिम समुदायको सशक्तिकरणका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिबद्धता। काठमाडौं २०७९ साल — नेपाल मुस्लिम इत्तेहाद संगठनका पदाधिकारीहरू र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीज्यूबीच एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ । उक्त भेटघाटमा मुस्लिम समुदायको हकहित, संरक्षण, उत्थान र विकासका विविध विषयमा गम्भीर छलफल भएको थियो।भेटका क्रममा अध्यक्ष ओलीले मुस्लिम समुदायप्रति गहिरो सम्मान व्यक्त गर्दै नेपालको समावेशी लोकतन्त्रमा मुस्लिम समुदायको सक्रिय सहभागिता अत्यावश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, सांस्कृतिक पहिचान र सामाजिक न्यायको सुनिश्चितताका लागि विशेष कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।समावेशी समाज निर्माण हाम्रो राजनीतिक यात्राको मूल उद्देश्य हो,अध्यक्ष ओलीले भन्नुभयो,मुस्लिम समुदायको समृद्धि र सशक्तिकरण बिना समावेशी राष्ट्रको परिकल्पना अधूरो रहन्छ । नेपाल मुस्लिम इत्तेहाद संगठनका पदाधिकारीहरूले पनि मुस्लिम समुदायको वर्तमान अवस्था, समस्याहरू र भावी अपेक्षाबारे अध्यक्ष ओलीसमक्ष धारणा राखेका थिए । उहाँहरूले नेकपा एमालेबाट प्राप्त सहयोगको कदर गर्दै आगामी दिनहरूमा अझ सहकार्य र समन्वयको आवश्यकता रहेको बताए।भेटघाट सकारात्मक र परिणाममुखी दिशामा केन्द्रित रहेको सहभागीहरूले बताएका छन् । नेकपा एमालेले विविध समुदायका आवाजलाई समेट्दै अघि बढ्ने प्रतिबद्धता पुन दोहोर्याएको छ।