मन्सुर खान बिरगंज चैत २० गते । नेकपा एमालेले राजतन्त्रको विरोधमा बुधवार बिरगंजमा बृहत् शक्ति प्रदर्शन गरेको छ । राजावादी गतिविधिहरूको विरोधमा खबरदारी गर्न आयोजित मोटरसाइकल जुलुसले बिरगंजका मुख्य सडकहरूमा एमालेको प्रभावशाली उपस्थिति देखाएको हो । बिरगंजको पावर हाउस चोकबाट सुरु भएको मोटरसाइकल र्याली मुर्ली,घण्टाघर,रेल्वे रोड छपकैया,आदर्शनगर र घडिअर्वा हुँदै पुन घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।