नेपाल मुस्लिम समाज संघ पर्साद्वारा ईद मिलन समारोह सम्पन्न ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख १५ गते । नेपाल मुस्लिम समाज संघ पर्साद्वारा ईद मिलन समारोह सम्पन्न । 

नेपाल मुस्लिम समाज संघ पर्साको आयोजनामा ईद मिलन समारोह वीरगंज वडा नं.१३ मुर्ली टोलमा रहेको वीरगंज सिटि पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ । नेपाल मुस्लिम समाज संघ पर्साका अध्यक्ष महबुब अली (शेरु)को सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका सम्पुर्ण मस्जिदका सदर सेक्रेटरी, विभिन्न टोलका मुस्लिम अगुवा, राजनीतिक कर्मी, विभिन्न सामाजिक ब्यक्तित्वहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो । ईद मिलन समारोह मुस्लिम समुदायलाइ एक जुट गरि मुस्लिमको हकहित को साथै मुस्लिम समूदायका वालवालिकाहरु लाई शिक्षामा विशेष जोड दिने, दाइजो प्रथाको अन्त्य गर्ने र धार्मिक सद्भाव, मेलमिलाप, र भाईचारा कायम राख्नको निमित कार्यक्रमको आयोजना गरिएको आयोजक हरुले बताए । नेपाल मुस्लिम समाज संघ पर्साका अध्यक्ष महबुब अलि ठकुराई (शेरू) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व मंत्री करिमा वेगम, पूर्व सभाषद शेष चादतारा, पूर्व विधायक पस्मिना कादरि, पूर्व गाउपालिका अध्यक्ष जालिम मिया, समाजसेवी शशी कपुर मिया,नेपाल मुस्लिम पत्रकार संघका अदयक्ष मन्सुर खान,सलाउदिन अहमद, सेख सहाबुदिन, लियाकत अली तब्रेज अहमद, लगायत स्थानीय मुस्लिम धर्मगुरु हरुको समेत सहभागीता रहेको थियोे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)