नेपाल मुस्लिम समाज संघद्वारा सशस्त्र प्रहरी गणपति राधेश्याम धिमाललाई बिदाइ तथा पुरन चन्द भट्टलाई स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन ३ गते । नेपाल मुस्लिम समाज संघद्वारा सशस्त्र प्रहरी गणपति राधेश्याम धिमाललाई बिदाइ तथा पुरन चन्द भट्टलाई स्वागत । पर्सा,नेपाल मुस्लिम समाज संघ, पर्साको आयोजनामा एक कार्यक्रमबीच नेपाल सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका निवर्तमान गणपति राधेश्याम धिमाललाई सम्मानपूर्वक बिदाइ गरिएको छ भने नव नियुक्त गणपति पुरन चन्द भट्टलाई हार्दिक स्वागत गरिएको छ । संघका अध्यक्ष महबुब अलि (शेरु आलम) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष आलमले पूर्व गणपति धिमाललाई गम्छा ओढाई मायाको चिनो दिई भावपूर्ण बिदाइ गरेका थिए । उनले धिमालको कार्यकालमा समुदायसँगको समन्वय र सहकार्यलाई उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरे । त्यसैगरी, नव नियुक्त गणपति पुरन चन्द भट्टलाई पनि गम्छा ओढाई स्वागत गरियो । अध्यक्ष आलमले नयाँ गणपतिसँग समेत आपसी समझदारी, शान्ति र सद्भाव कायम राख्दै समुदायको सुरक्षामा संयुक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै संघका अन्य पदाधिकारीहरुले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै समाज र सुरक्षाकर्मी बीचको आपसी सहयोग अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)