नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८२ अन्तर्गत काठमाडौं प्रहरी परिसरको अनुगमन तथा निरीक्षण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ ४ गते । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८२ अन्तर्गत जिल्ला प्रहरी काठमाडौंको अनुगमन तथा निरीक्षण । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको मूल्याङ्कन टोलीबाट जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण भएको छ । निरीक्षण क्रममा परिसरमा रहेका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाएका रणनीति र प्राप्त उपलब्धिहरू, श्रोत साधनहरूको उपयोग र व्यवस्थापन, प्राविधिक तथा सूचना–प्रविधि सम्बन्धी प्रयोग, मानव स्रोतको क्षमता अभिवृद्धि र व्यवस्थापन, प्रशासनिक दक्षता तथा आन्तरिक नियन्त्रण प्रणाली लगायतका पक्षमा जानकारी लिइएको थियो । साथै, विपद्द व्यवस्थापन न्यूनीकरण, अपराध अनुसन्धानमा अपनाइने नविनतम् प्रविधि, समुदाय–प्रहरी साझेदारी, अपराध निवारणका लागि सञ्चालन भइरहेका जनचेतनामूलक कार्यक्रम तथा पीडित मैत्री सेवाहरूको अवस्थाबारे पनि प्रत्यक्ष अवलोकन गरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)