नेपालका गृहमन्त्री सुधन गुरूङ ले पदबाट राजीनामा दिएका छन्।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख ९ गते । नेपालका गृहमन्त्री सुधन गुरूङ ले पदबाट राजीनामा दिएका छन्।सेयर लगानीको स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका दीपक भट्ट सँगको व्यावसायिक साझेदारी विवाद सार्वजनिक भएपछि उनले बुधबार राजीनामा दिएका हुन्।उक्त विवादले स्वार्थको द्वन्द्व (conflict of interest) उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै गुरूङले आफ्नो पद त्याग गरेको बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका छन्। स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले उल्लेख गरेका छन्।मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,उनले लेखेका छन्।गुरूङले मन्त्री भएको एक महिना नबित्दै राजीनामा दिएका हुन्। उनले चैत १३ गते शपथ लिएका थिए।उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् म सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिकस्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो,र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।आज देशमा सुशासन,पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु।अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदी हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अनुत्तरित थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)