नक्सालस्थित भाटभटेनी स्टोर भत्काउँदै गर्दा एक जना कामदार च्यापिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक २३ गते । काठमाडौंको नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा भवन भत्काउनेक्रममा फसेका अर्का मजदुरको पनि उद्धार भएको छ।आइतबार दिउँसो साढे ३ बजेतिर भाटभटेनीको भग्नावशेष पर्खाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनतर्फ खसेको हो।उक्त पर्खाल खस्दा यसअघि घाइते भएका दुई जनाको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।त्यही मुनि फसेका अर्का घाइतेको पनि उद्धार भएको उनले जानकारी दिए।तीनै जनाको उपचार टिचिङ अस्पतालमा भइरहेको छ।घाइते हुनेमा हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन छन्।दीपकको दुबै हात र खुट्टामा चोट लागेको छ। स्याङ्तानको टाउको र दुबै खुट्टा र पाख्रिनको टाउको, दुबै हात र दुबै खुट्टामा चोट लागेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)