मन्सुर खान बिरगंज साउन २९ गते । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आयोजना गरेको एक विशेष कार्यक्रममा पार्टीका सक्रिय, सक्षम र दूरदर्शी युवा नेता डा. अबुल हुसेनज्यूलाई सम्मानित गरिएको छ । यो सम्मान केवल व्यक्तिगत उपलब्धिको पहिचान मात्र होइन, बरु पार्टी र देशको हितमा उहाँले पुर्याउनुभएको योगदानको सार्वजनिक प्रशंसा हो । डा. हुसेन लामो समयदेखि नेपाली कांग्रेसभित्र संगठन सुदृढीकरण, युवा नेतृत्वको विकास, समावेशी राजनीतिक सोच, र सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आएका छन । कार्यक्रममा उपस्थित नेताहरुले डा. हुसेनको अनुशासित राजनीतिक जीवन, जनतासँगको प्रत्यक्ष सम्पर्क, र नीति निर्माणमा उहाँले राख्ने स्पष्ट दृष्टिकोणको प्रशंसा गरेका थिए । विशेष गरी,उहाँले देशको लोकतान्त्रिक मूल्य मान्यता र समान अधिकारको पक्षमा गरेको अडान,संगठनभित्र युवा र अल्पसंख्यकको आवाजलाई सशक्त बनाउने प्रयास,तथा राजनीतिक शुद्धताको लागि देखाएको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गरिएको हो। समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेतादेखि युवा कार्यकर्तासम्मको उपस्थिति रहेको थियो । सम्बोधनका क्रममा वक्ताहरुले भने डा. अबुल हुसेनजस्ता इमानदार, कर्मठ र दूरदर्शी नेताको उपस्थितिले पार्टी मात्र होइन, सम्पूर्ण देशको राजनीतिक संस्कृतिलाई सुदृढ बनाउँछ । यो सम्मान कार्यक्रमले पार्टीभित्र सकारात्मक ऊर्जा र प्रेरणा थप्ने मात्र होइन, आगामी दिनमा सक्षम नेतृत्वको आवश्यकता र महत्त्वलाई पनि पुनः उजागर गरेको छ । डा. हुसेनले धन्यवाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारी अझ निष्ठा र प्रतिबद्धतासहित पूरा गर्ने प्रतिज्ञा व्यक्त गर्नु भयो उहाँको भनाइमा यो सम्मान मेरो व्यक्तिगत मात्र होइन जनताको माया र विश्वासको सम्मान हो ।