फेसबुकमार्फत भ्रम फैलाउने तथा धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ १५ गते । सामाजिक सञ्जालमा फेसबुकमार्फत भ्रम फैलाउने तथा धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेको भन्दै हिन्दु युथ अफ वीरगञ्ज र हिन्दु युथ अफ छिपहरमाई नामक पेज चलाउने व्यक्तिको पहिचान गर्न पनि ज्ञापन पत्रमार्फत कारवाही गर्न माग गरिएको छ सामाजिक सद्भाव बिथोल्ने तत्वको पहिचान गरी कारवाही गर्न पर्साका मुस्लिम समुदायले माग गरेका छन् । पर्साका मुस्लिम समुदायले सोमवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो।परापूर्व समयदेखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्न केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको ज्ञापन पत्रमा उल्लेख छ।केही दिनदेखि धार्मिक जुलुश, निकाल्ने क्रममा उच्छृङ्खल गतिविधि गर्ने मुस्लिम टोल तथा मस्जिद मदर्सा तथा कब्रस्तानहरुमा जुत्ता चप्पल लगाई भित्र प्रवेश गर्ने धाक धम्की दिने जस्ता कार्यहरु भएको भन्दै ज्ञापन पत्रमार्फत आपत्ती जनाइएको छ।धार्मिक सहिष्णुता र भाइचारामा खलल पुग्ने कार्य गर्ने व्यक्तिलाई कारवाही गर्न ज्ञापन पत्रमार्फत मुस्लिम समुदायले ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा फेसबुकमार्फत भ्रम फैलाउने तथा धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेको भन्दै हिन्दु युथ अफ वीरगञ्ज र हिन्दु युथ अफ छिपहरमाई नामक पेज चलाउने व्यक्तिको पहिचान गर्न पनि ज्ञापन पत्रमार्फत कारवाही गर्न माग गरिएको छ।साथै उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा पनि यि दुई पेजविरुद्ध उजुरी दर्ता गरेका छन् । ज्ञापन पत्र बुझाउन जफर अंसारी मेहबुब अलि अब्बास मंसुरी,आबिद हुसेन मौलाना अलि असगर मदनी, जालिम मिया मौफाना गुलामे मुस्तफा हाजी ग्यासोदीन ठकुराइ रेहाज अहमद फैयाज अहमद कारी अतिउल्लाह खुशमहम्मद मिया लगाएतको उपस्थिती रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)