पहिले घण्टाैँ लाइनमा बस्नुपर्थ्याे, अहिले ‘केहीबेर’ मै ब्लुबुक नवीकरण हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ १८ गते । कास्की सूचना प्रविधिको प्रयोगका कारण कास्कीको यातायात व्यवस्था कार्यालयका सेवा छिटो छरितो भएको छ । पहिले चार वटा लाइनमा बसेर घण्टाैँ समय लगाएपछि मात्रै ब्लुबुक नवीकरण हुनेमा अहिले १५ मिनेटमा सबै काम हुन थालेपछि सेवाग्राही खुशी छन् । बोझिलो र झन्झटिलो सेवा प्रवाहबाट वाक्क भएका सेवाग्राहीको अहिले दुःख र समय कम भएको छ । राज्यले दिने सार्वजनिक सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदा कति फरक पर्छ भन्ने एउटा उदाहरण कास्कीको यातायात व्यवस्था कार्यालय पनि बनेको छ । कार्यालयबाट मोटरसाइकल नामसरी र नवीकरणको काम २० मिनेटमा सकेर घर फर्किएको म्याग्दीको बेनी नगरपालिका–२ का नारायण थापाले बताउनुभयो । कर तिर्न बैंक जानुपर्ने,भौचर ल्याएर कार्यालयमा बुझाउनुपर्ने झन्झट पनि हटेको छ । कार्यालय प्रमुख डिल्लीराम रिज्यालका अनुसार कार्यालयमा दैनिक सरदर सात सय जनाले सेवा लिने गर्छन् । सफ्टवेयर प्रणालीबाट करको हिसाब हुन्छ २०६० सालयताका सबै करका दरलाई सफ्टवेयरमा राखिएको छ । कार्यालयमा रहेका गाडीका सबै ढड्डा र फाइललाई विद्युतीय अभिलेखीकरण गरिएको छ । फाइल तथा ढड्डा नभेटिए पनि डिजिटल कपीबाट सेवाग्राहीलाई सिवा दिँदै आएको कार्यालय प्रमुख डिल्लीराम रिज्यालले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)