फल्स बटम बनाएर भारत लैजान लागिएको लाखौं मूल्यको आलुमिनियम सहित ई-रिक्सा पर्सा सशस्त्रको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख ९ गते । सशस्त्र प्रहरी बल,पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छली गरी भारततर्फ लैजान लागिएको लाखौं मूल्यको आलुमिनियम र ई-रिक्सा नियन्त्रणमा लिएको छ।मिति २०८२ साल बैशाख ८ गते, वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगञ्ज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाने सवारी साधनहरूको नियमित चेकजाँचको क्रममा वीरगञ्जबाट रक्सौलतर्फ गइरहेको वीरगञ्ज म.न.पा.१ ह १–०६९५ नम्बरको ई–रिक्सा जाँच गर्दा छतमा फल्स बटम बनाई लुकाएर राखिएको सामान फेला पारेको हो।उक्त ई–रिक्सामा जुटको बोरामा प्याक गरी लुकाइएको करिब रु. १,२०,००० मूल्य बराबरको आलुमिनियम सिट र रु.२,००,००० मूल्यको ई–रिक्सा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।भन्सार छली गरी चोरी निकासी गर्न लागिएको उक्त सामान सहितको ई–रिक्सा चालक फरार भएकाले सशस्त्र प्रहरीले उक्त सवारी साधन र सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)