पिएसओ र गाडी छाडेर हिँडेपछि महरालाई पक्राउ गर्नु परेको थियो: आइजिपी कुँवर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र १५ गते । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी छाडिएको विषयमा सांसदहरूले उठाएको प्रश्नमा जबाफ दिएका छन्।९ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरा भाग्न खोजेपछि पक्राउ परेको विषय के हो भनेर सांसदहरूले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा आइजिपी कुँवरलाई प्रश्न गरेका थिए।त्यस विषयमा आइजी कुँवरले जबफ दिँदै महराले पिएसओ र गाडी छाडेर हिँडेपछि आफूहरूलाई भाग्न खोजेको भन्ने आभाष भएको बताए। सुरूमा आफूहरूले महराको स्वास्थ्य अवस्थाबारे सचेत भएर लचिलो हुने हो कि भन्ने विषयमा छलफल भएको पनि उनले बताए।महरालाई गत चैत ५ गते प्रहरीले पक्राउ गरेको थियो।कानुनी दायरामा ल्याउनुपर्छ भन्ने बारेमा प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री लगायतसँग छलफल भएको उनको भनाइ छ। तर सहयोग नगर्ने हो कि भन्ने आभाष हुन थालेपछि पक्राउ गरी काठमाडौं ल्याइएको आइजी कुँवरले बताए।म यहाँ त्यो शब्द प्रयोग गर्दिनँ तर हामीलाई आभाष भयो। आभाष भएको कारणले हामीलाई सहयोग नगर्ने हो कि सहयोग गर्ने अवस्था भएन भने हामीलाई समस्‍या आउँछ भनेर त्यो अवस्‍थामा ल्याएका हौं उनले भने त्यतिबेला उहाँले पिएसओ र गाडी छाडेर हिँड्नुभएको थियो। योसम्मको संकेत गरेपछि त्यहाँ यहाँहरूले अनुमान गर्न सकिन्छ ल्यायौं।हाजिर जमानीमा छाडिएको विषयमा भने उनीमाथि पहिले पनि अनुसन्धान भइसकेको र सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले औंल्याएका विषयहरूमाथि अनुसन्धान गरिएको उनले जानकारी दिए। महरा बिरामी पनि भएको हुनाले उनलाई छाडिएको उनको भनाइ थियो।त्यसैगरी आइजिपी कुँवरले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेकोबारे सभामुखलाई जानकारी गराएकोबारे पनि स्पष्टीकरण दिएका छन्।हामीले स्वभाविक रूपमा यसमा सहजीकरण गरेकै हो।एकदिनमै बयान सकिन्छ भने पक्राउ पुर्जी जारी नगरौं। तर सरकारी वकिल कार्यालयमै राखेर सरकारी वकिल कार्यालयकै रोहबरमा बयान गरौं भन्ने भइसकेपछि यो बयान गराउने कुरा फेरि यहाँहरू सबैले बुझ्नुहुन्छ। मैले थप प्रष्ट पारिन। बयान गर्दा यो विषय केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो।भयो नि? त्यो कारणले हामी अतिरिक्त सचेत बनेर संवेदनशील बनेर संसदलाई जानकारी गराएका हौं।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)