मन्सुर खान बिरगंज फागुन १९ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवा र भेडियाही गाउँको बीचको चौरमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान करिब ६:३० बजे खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बा.प्र.०३-००१ स १०२३ नम्बरको ई-लोडर गाडीमा भारत विहार जिल्ला मोतीहारी ग्राम फुलवरीया घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० रानीघाटमा कोठा भाडामा लिइ बस्ने वर्ष २० को निरज कुमार साहले भन्सार छली चोरी पैठारी गरी ल्याएको पित्तलको विभिन्न किसिमका भाडा बर्तनहरू उक्त गाडीमा लोड गरी ल्याउदै गरेको अवस्थामा खटिएको गस्ती टोलीले उल्लेखित नम्बरको गाडी र लोड रहेको बिना भन्सार प्रज्ञापन पत्रको पित्तलको भाडा बर्तनहरू अं.मू.रू.३,०९,०००। भाडा बर्तनहरू सहित निज निरज कुमार साहलाई नियन्त्रणमा लिइ आजै थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।