पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र १७ गते । पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान कास्कीको आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिए । रेग्मीले भने त्यो बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा ब्रेक फेल भएर खस्दा बस ठडिने अवस्थामा दुर्घटना भएको भनिएको छ । एक जना चालक र एक जना सहचालक घाइते भएको छन्।उनीहरूको अवस्था सामान्य छ,बसमा अरू यात्रु भने थिएनन् । घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको रेग्मीले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)