प्रधानमन्त्रीको पुत्ला प्रदर्शन हुँदा हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपीको सरूवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक ८ गते । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरूवा भएको छ।बुधबार गृहमन्त्री स्तरीय निर्णय गरी सिडिओ यादवलाई हटाएर प्रकाश पौडेललाई खटाइएको हो।त्यस्तै रिमालको ठाउँमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गौतम मिश्रलाई पठाइएको छ।स्रोतका अनुसार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।उक्त भिडिओ बाहिरिएसँगै सुरक्षा निकायले त्यसलाई नरोकेको भन्दै गृहले दुवैको सरूवा गरेको हो,' स्रोतले भन्यो।यादव र रिमाल दुवै जना चितवनबाट बिहीबारै हिँड्ने तयारीमा रहेको स्रोतको भनाइ छ। यादव गृह मन्त्रालय र रिमाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा आउने पनि स्रोतले बतायो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)