प्रधानमन्त्रीको टिप्पणीप्रति मुस्लिम समुदाय आक्रोशित, सरकारसँग स्पष्टिकरण माग्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज मंसिर ९ गते । कांग्रेस नेता अबुल हुसेन अन्सारीले प्रधानमन्त्री सुसिला कार्कीको हालैको अभिव्यक्तिप्रति तीव्र असन्तोष जनाउँदै कडा चेतावनी दिएका छन् । मुस्लिम महिलासम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइप्रति आपत्ति जनाउँदै अन्सारीले बुझेर, तथ्यसँगै बोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।अन्सारीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई उद्देश्य गरी भनेका छन्,प्रधानमन्त्रीज्यू, हजुरले बोलेका कुरा बारम्बार गलत साबित हुँदैछन्। सत्य तथ्य बुझेर बोलिदिनुहोस्। महिलाको कुरा एउटा महिलाले नै बुझ्न सक्नुपर्छ नि हजुर।उनका अनुसार प्रधानमन्त्रीले मुस्लिम महिलासम्बन्धी व्यक्त गरेको टिप्पणी समुदायको भावना प्रतिकूल र विवादास्पद रहेको छ । देशको सर्वोच्च कार्यकारी पदमा बसेका व्यक्तिले सबै समुदाय, आस्था र संस्कृतिप्रति सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने अन्सारीले उल्लेख गरेका छन्।यस विषयमा अन्सारीलगायत मुस्लिम समुदायका विभिन्न प्रतिनिधिहरूले आलोचना गर्दै सरकारसँग आधिकारिक स्पष्टिकरण माग्ने तयारी गरिरहेको बताइएको छ । घटनापछि मुस्लिम महिला अधिकार, धार्मिक संवेदनशीलता र राजनीतिक नेतृत्वको जिम्मेवारीबारे सार्वजनिक बहस अझ चर्किएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)