प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन डिआईजी थपलियाको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक ३ गते । प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन डिआईजी थपलियाको निर्देशन. मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय सिराहाको निरीक्षण गर्नु भयो । निरीक्षण तथा निर्देशनको क्रममा डिआईजी गोविन्द थपलियाले उक्त कार्यालयको भवन, सम्पुर्ण शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै मातहतका इन्चार्ज तथा प्रहरी कर्मचारीहरुलाई देश तथा नागरिकलाई शिरमा राखि असल आचरण, आपसी सद्भाव तथा सामुहिक भावनाका साथ उच्च व्यावसायिक निष्ठापुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, संगठनले निर्दिष्ट गरेको मिडिया नीति बिपरित सामाजिक सञ्जालको दुरूपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक लाभका क्रियाकलापहरु र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराउनु भयो । सोही क्रममा उहाँले बल प्रयोग गर्दा मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्दै व्यवसायिक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न र आफुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न, आफ्ना व्यक्तिगत तथा व्यावसायिक समस्या तथा गुनासाहरु सिलसिलेवार रुपमा प्रतिवेदन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरुका पिरमर्का र गुनासोहरु संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप सम्बोधन गरिने निर्देशन समेत दिनु भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)